झापा, साउन २५ । खोटाङको साकेला गाउँपालिका-५ मात्तिमविर्तालाई केन्द्र बनाएर गएको भूकम्पबाट घरमा पूणर् क्षति पुगेका पीडितलाई राहत वितरण गरिएको छ ।

गत १५ साउनमा गएको ६ रेक्टर स्केलको भूकम्पबाट घरमा पूणर्रुपमा क्षति पुगेका १४ परिवारलाई रेडक्रसले राहत प्रदान गरेको हो । पहिरो चरणमा भूकम्प पीडितलाई प्रतिपरिवार एक थान त्रिपाल, दुई थान कम्बल, एक सेट साडी, बुट्टे कपडा सेट, एक सेट भाँडाकुँडा, बाल्टी लगायतका बन्दोबस्तीका सामान प्रदान गरिएको हो । भूकम्पबाट प्रभावित परिवारको संकटको अवस्थालाई सरल र सहज बनाउने लक्ष्यका साथ गाउँपालिकासँगको सहकार्यमा बन्दोबस्तीका सामग्री वितरण गरिएको रेडक्रसका मन्त्री छत्रकुमार बजिमयले बताए । भूकम्पबाट १४ घरमा पूणर् र ४८१ घरमा आंशिक क्षति पुगेको साकेला गाउँपालिकाका भूकम्प फोकल पर्सन नासु सुवास राईले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्