झापा , साउन २५ । मोरङको बेलबारी नगरपालिका-६ मा मोटरसाइकलको ठक्करबाट मंगलबार राति एकजना वृद्धाको मृत्यु भएको छ ।

बेलबारी नगरपालिका-६ सोमबारे जरुवा टोलस्थित भित्री सडकखण्डमा को ११ प ९३१३ नबरको मोटरसाइकलले ठक्कर दिँदा ६१ वर्षीया सीतादेवी ढकालको मृत्यु भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलले राति ८ः४५ बजेतिर ठक्कर दिँदा ढकाल गम्भीर घाइते भएकी थिइन् । उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइपुर्‍याउन साथ राति १०ः५५ बजेतिर चिकित्सकले मृत घोषित गरेको कार्कीले बताए । उनका अनुसार चालक बेलबारी-६ का अन्दाजी २३ वर्षीय अमन चौधरीले लाइसेन्स प्राप्त नगरिकन मोटरसाइकल चलाएको पाइएको छ । चौधरीलाई पक्राउ गरेर घटनाका बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । बिना लाइसेन्स तीव्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्