भद्रपुर,साउन २५ । चाडबाड नजिकिँदै गर्दा जिल्लामा बढ्दै गएको चोरीका घटना नियन्त्रण गर्न र आवश्यक शान्ति–सुरक्षाको व्यवस्था गर्न माग गर्दै झापा उद्योग वाणिज्य संघले झापाका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

संघले मंगलबार भद्रपुर नगरपालिकालाई बुझाएको ज्ञापनपत्रको बोधार्थ बुधबार प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई बुझाएको हो ।

खासगरी जिल्लाको सदरमुकाम रहेको भद्रपुरमा चोरीका घटना बढ्दै गएकोले आवश्यक सुरक्षा व्यवस्थाको मागसहित भद्रपुरका उद्योगी–व्यवसायीको प्रतिनिधित्व गर्दै संघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाएको कार्यालय संघका कार्यालय सचिव दुर्गाप्रसाद खतिवडाले जानकारी दिए ।

संघका वरिष्ठ उपाध्यक्ष खड्क लिम्बूको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पुगेको टोलीले प्रजिअ रिजाल र प्रहरी उपरीक्षक विश्वमणि पोखरेललाई ज्ञापनपत्र बुझाएको थियो । टोलीमा उपाध्यक्ष सन्तोष धमला, उद्योग सचिव सञ्जय श्रेष्ठ, महिला सदस्य कमला दवाडी, शीला तामाङ, सदस्य बाबुराम पराजुलीको सहभागिता थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्