बिर्तामोड , साउन २६ । बिर्तामोड नगरपालिकाले नगरक्षेत्रभित्रका फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/08/298581516_2143745512470256_335340897790057544_n-676x1024.jpg)
आज नगर प्रहरीको टोलीले बिर्तामोडको फुटपाथमा व्यवसाय गर्ने व्यवसायीहरुलाई बल प्रयोग गरी हटाएको हो । त्यसक्रममा नगर प्रहरीले व्यवसायीहरुलाई लछारपछार गरेको थियो । व्यवसायीहरुले नगर प्रहरीलाई दुव्र्यवहार गरेका कारण उनीहरुलाई पक्राउ गर्ने प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । नगर प्रहरीले व्यवसायीहरुलाई पक्राउ गर्न नसकेपनि उनीहरुको सामान उठाएर लगेको छ ।
![](https://pratidindaily.com/wp-content/uploads/2022/08/298238516_772308680762201_7422300444957850420_n-690x1024.jpg)
बिर्तामोड नगरपालिकाले साउन २२ गते फुटपाथ खाली गर्ने सम्बन्धी ७ दिने सूचना जारी गरेको थियो । तर, पाँच दिनपछि नै नगरपालिकाले बल प्रयोग गरी फुटपाथ व्यवसायीहरुलाई हटाउन थालेको हो ।