झापा , साउन २६ । झापाको मेचीनगरमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीवार बिहान ९.४५ बजे मेचीनगर ६ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत ट्राफिक पोष्ट छेउमा पूर्वबाट पश्चिमतर्फ पार्किङको लागि लाँदै गरेको बागमती प्र. ०३–००१ ख १६०२ नम्बरको बसले बाटो क्रस गर्दै गरेको पैदलयात्री सोही ठाउँ बस्ने ४० वर्षिय चेतनाथ फुयाललाई ठक्कर दिएको थियो ।

घाईतेलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगी उपचार भईरहेकोमा उपचारको क्रममा दिउँसो २ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । बस र बस चालक गौरीगञ्ज ४ बस्ने २४ वर्षिय प्रकाश कार्की इलाका प्रहरी कार्यालय काँकरभिट्टाको नियन्त्रणमा रहेको साथै घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्