बिर्तामोड , साउन २६ । दुर्घटनाको जोखिम बढिरहेको भन्दै झापाको बिर्तामोड–भद्रपुर सडकखण्डअन्तर्गत धौला पुलमा जानकारीमुलक बोर्ड राखिएको छ ।

निर्माणाधिन सडकमा पर्ने धौला पुल साँघुरो भएकै कारण दैनिकजसो दुर्घटना हुन थालेको भन्दै पूर्वेली मजदुर यातायात प्रा.लिको सहकार्यमा संकेत चिह्नमुलक बोर्ड बिहीबार राखिएको हो ।
ट्राफिक सचेतनाका लागि पछिल्लो समय सहकार्य गर्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको पूर्वेली मजदुर यातायात प्रा.लिका अध्यक्ष तथा बिर्तामोड ३ का वडा सदस्य हरि बाँस्कोटाले जानकारी दिए ।

ट्राफिक पोष्ट तथा प्रहरी चौकी बिर्ताबजारको समन्वयमा गरिएको संक्षिप्त कार्यक्रममा पूर्वेली मजदुर यातायात प्रा.लिका सचिव गणेश कोइराला, ट्राफिक पोष्ट बिर्ताबजारका जवान बिर्जु महत्तो, हवल्दार सरोज यादव, प्रहरी चौकीका इन्चार्ज प्रविन खड्कालगायतको उपस्थिति रहेको थियो ।

2 वटा प्रतिक्रिया

  1. झापाको बिर्तामोड भद्रपुर सडक खण्ड अन्तरगत धौलाको पूलमा साँझ मोटरसाइकल दुर्घटना धेरै हुने गरेपछि मुन्ना गुर्प (सजिलो) को आयोजना मा प्रहरी चैकी बिर्ताबजार/ ट्राफिक पोस्ट बिर्ताबजार / पु्र्बेली मजदु्र यातायात प्रा.लि सहकार्यमा आज उक्त स्थानमा होडिग बोड लगाईयो विशेष धन्यवाद मुना गुर्प

  2. झापाको बिर्तामोड भद्रपुर सडक खण्ड अन्तरगत धौलाको पूलमा साँझ मोटरसाइकल दुर्घटना धेरै हुने गरेपछि मुन्ना गुर्प (सजिलो) को आयोजना मा प्रहरी चैकी बिर्ताबजार/ ट्राफिक पोस्ट बिर्ताबजार / पु्र्बेली मजदु्र यातायात प्रा.लि सहकार्यमा आज उक्त स्थानमा होडिग बोड लगाईयो

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्