भद्रपुर, साउन २७ । भद्रपुर नगरक्षेत्रका क्षेत्री ब्राम्हण समुदायका पुरूषहरूले सामूहिक जनै फेरेका छन् ।

भृकुटी युवा क्लबको आयोजनामा भद्रपुर ९ स्थित हडिया निन्दा घाटमा सामूहिक जनै फेर्ने कार्यक्रम सम्पन्न भएको हो ।
भृकुटी युवा क्लबका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा भद्रपुर ८, ९, १० र ५ का अधिकांश बासिन्दाका लागि मृत्यु संस्कारअन्तर्गत शवदहनस्थल हडिया निन्दा किनारमा परम्परादेखि रहेको भएपनि केही वर्षयता जातीयताका नाममा राजनीतिकरण गरेर दाहसंस्कार कार्यमा अवरोध गरिएको भन्दै नगरपालिकाले सो स्थानमा रामघाट निर्माणमा सहयोग गर्नुपर्ने स्थानीयले माग गरेका छन् ।

स्थानीयको माग सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले निन्दा पुल दक्षिणमा शवदहनस्थल कायम गरी रामघाट बनाउन सरोकारवाला स्थानीय अगाडि बढे सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । कार्यक्रममा भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, भद्रपुर ९ का वडाध्यक्ष रामप्रसाद दाहाल तथा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले सो स्थानमा दाहसंस्कार स्थल बनाउन वडाका तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्