भद्रपुर, साउन २८ । झापाको भद्रपुर १० स्थित शहिद चोक टोल विकास संस्थाको शनिवार सम्पन्न दोस्रो साधारणसभाले नयाँ कार्यसमिति चयन गरेको छ ।

साधारणसभाले समाजसेवी तथा पूर्व प्रहरी संगठन भद्रपुरका अध्यक्ष ढाकालाल अधिकारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । भद्रपुर नगरपालिका वडा नं १० का वडा अध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यमा सम्पन्न सभाले उपाध्यक्षमा केशवराज कट्वाल, सचिवमा , चन्द्र लम्साल, सहसचिवमा तेजप्रसाद आचार्य र कोषाध्यक्षमा टिकामाया श्रेष्ठलाई सर्वसम्मत चयन गरेको हो ।

आगामी ३ बर्षे कार्यकालका लागि गठित समितिको सदस्यहरुमा ईश्वर कोईराला, राजन अधिकारी , मन्जु भट्टराई , होमकुमारी पाण्डे ,टेकप्रसाद ढकाल र दिपा पुरी रहेका छन् ।
कुवेरप्रसाद बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खड्का ,युवा समाजसेवी मुरारी न्यौपाने ,हनुमान टोल विकास संस्थाका अध्यक्ष खड्गबहादुर बुढाथोकीलगायतले मन्तब्य राखेका थिए । सचिव केशवराज कट्वालले संचालन गरेको कार्यक्रममा स्वागत कमल पाण्डेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्