बिर्तामोड, साउन २८ । उद्यमशील महिला संघ झापाको अध्यक्षमा पुनः पार्वता खरेल विमली चयन भएकी छन् ।

शनिबार बिर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोषको हलमा सम्पन्न संघको तेस्रो अधिवेशनले पुनः तेस्रो कार्यकालका लागि पार्वतालाई अध्यक्षमा चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा निरमाया पुलामी, प्रथम उपाध्यक्ष ऐश्वर्या पाण्डे, द्वितीय उपाध्यक्ष देवीमाया पोखरेल,महासचिवमा यशोदा प्रसाई भट्टराई,सचिवमा चन्द्रा पोखरेल र कोषाध्यक्षमा सुशिला पाठक चयन भएका छन् । १७ सदस्यीय कार्यसमितिको सदस्यहरुमा मुना पौडेल, उमा प्रसाई, दुर्गा पौडेल, चन्द्रकला रिजाल, विमला न्यौपाने, अर्चना बुढाथोकी, निरा न्यौपाने कट्टेल, बिना थापा, संगिता चिमरिया र कमला प्रसाई रहेका छन् ।
संघको पाँचौं बार्षिक साधारणसभा समेत शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष पार्वता खरेल विमलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेचीनगर १४ निवासी महिला उद्यमी निर्मला भण्डारीलाई सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई , बिर्तामोड नगरपालिका वडा नं.५ का वडाध्यक्ष रोहित प्रसाई, चेम्बर अफ कमर्स झापाका अध्यक्ष ओमकृष्ण विमली, इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख रुगमबहादुर कुँवर, एबिसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौला, सावित्रा दाहाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।
यशोदा प्रसाईले सञ्चालन गरेको कार्यक्रममा स्वागत निरमाया पुलामीले गरेकी थिइन् ।