झापा, साउन २९ । काठमाण्डौ उपत्यकासहित आसपासका ठाउँमा गएराति ठूलो पानी परेको छ ।

वाग्मती प्रदेश, गण्डकी, लुम्बिनी र प्रदेश–१ सहित देशका पहाडी क्षेत्रका केही ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डौ उपत्यकाको मनोहरा, गोदावरी खोला, वाग्मती, विष्णुमती जलाधार क्षेत्रका धेरै ठाउँमा ठूलो पानी परेको हो । ती नदीमा पानीको सतह बढेको छ ।

मनोहरामा जलसतह बढेपछि बिहानसम्म सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । गएरातिको पानीले काठमाण्डौमा थुप्रिएको फोहोर यत्रतत्र बनाएको छ । सडकमा थुप्रिएको फोहोर ढलसँगै बगेको छ ।

अहिले काठमाण्डौ उपत्यकामा पानी पर्न रोकिएको छ । अरु प्रदेशमा पनि हल्कादेखि मध्यमखालको पानी परेको छ । जोखिम बढेकाले साना नदीहरुमा पनि आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले सचेत गराएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्