झापा ,साउन २९ । प्रतिबन्धित लागुऔषधसहित अटोचालक र महिला पक्राउ परेका छन् ।

हिजो दिउँसो २.३० बजे समयमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउस्थित भित्री सडकखण्डमा बिर्ताबजारबाट बुट्टाबारीतर्फ जाँदै गरेको मे.१ ह.२९२१ नं. को अटोलाई चेकजाँच गर्दा अटो चालक सुनसरी घर भई बिर्तामोड ४ बस्ने ४० वर्षिय उमेश चौधरीको साथबाट ४ ग्राम २०० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

उनलाई सोधपुछ गर्दा सिराहा अमरुवा ५ घर भई हाल बिर्तामोड ३ बिर्ताबजारमा डेरा गरी बस्ने २७ वर्षिया प्रतिक्षा चौधरी समेत संलग्न रहेको खुलेपछि उनको कोठाबाट समेत ५ ग्राम गरी जम्मा ९ ग्राम २०० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो । दुबै जनालाई अटोसहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्