झापा , साउन २९ । थारु कला, सँस्कृति प्रवद्र्धन गर्ने उदेश्यले आयोजित सौन्दर्य प्रतियोगिता ‘मिस्टर एण्ड मिस थारु २०२२’ का लागि ५१ प्रतियोगी भिड्ने भएका छन् ।

देशभर आयोजित प्रतियोगिताको प्रारम्भिक अडिसनबाट पुरुष र महिला गरी ५१ जना प्रतिस्पर्धी छनौट भएका हुन् । प्रतियोगिताको छनौट चरणको अडिसनमा काठमाडौं, बुटवल, दाङ, विराटनगरबाट, लहान, टीकापुर , झुम्का , वीरगञ्ज , भरतपुर , नेपालगञ्ज लगायतमा भएको थियो । अन्तिम प्रतिस्पर्धाका लागि छनोट भएका प्रतियोगी विशेष प्रशिक्षण सहित फाइनलमा उत्रिने आयोजक जहइन्टरटेनेमन्ट प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश चौधरीले जानकारी दिए । प्रतियोगिताका विजेताहरूले नगद, क्राउनलगायतका अन्य उपहारहरू पाउने छन् । सन् २०१७देखि सुरुवात भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्