झापा, साउन २९ । झापाको गौरीगञ्ज नाकामा तस्करी मौलाएको छ ।

सोही नाकाबाट अवैध रुपमा भन्सार छलेर ३३ पोका नक्कली कपाल बरामद गरेको घटना सेलाउन नपाउँदै प्रहरीले ३१ बोरा चिनी बरामद गरेको छ । गौरीगञ्ज गाउँपालिका ५ स्थित फत्तेपुर जनता टोलको एक घरको ग्वालीमा लुकाइछिपाई राखेको अवैध चिनी आइतबार इलाका प्रहरी कार्यालय गौरीगञ्जले बरामद गरेको हो । कसको घरमा चिनी बरामद गरिएको भन्ने बारे प्रहरीले सार्वजनिक गरेको छैन ।
चिनी भारतीय बजारबाट भन्सार छलेर भित्राइएको प्रहरीको भनाई छ । बरामद गरिएको चिनी आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको इलाका प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

सशस्त्र प्रहरीले गत बुधवार बेलुका करिब ८ बजे गौरीगञ्ज–पाडाजुंगी सडकखण्डअन्तर्गत गौरादह– ७ स्थित गुवालडुब्बामा गौरीगञ्जबाट आइरहेको ना ७ ख २१९६ नम्बरको कन्टेनर शंका लागेर चेकजाँच गर्दा कन्टेनरभित्र ३३ पोका नक्कली कपाल बरामद गरेको थियो । सोही नाकाबाट भित्रिएको करिब २९ लाखको कपाल बरामद गरी कन्टेनरसहित आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय इटहरी बुझाएको थियो ।

त्यस्तै आइतवार मध्यान्ह मेचीनगर ७ स्थित जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले भारतदेखि नेपालतर्फ अबैध रुपमा भन्सार छली ल्याउदै गरेको अंन्दाजी .१ लख मूल्य बराबरको २०० केजी दुध पाउडर र मेचीनगर .६ स्थित काठमिल छेउबाट नेपालदेखि अबैध रुपमा भन्सार छली भारततर्फ लादैं गरेको अन्दाजी १५ हजार मूल्य बराबरको ३० केजी सुपारी गरी जम्मा मूल्य .१ लख १५ हजार बराबरको अवैध सामान बरामद गरी आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्