भापा , साउन ३० । अफ सिजनमा सगरमाथा क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ ।

विगतका वर्षहरुमा भन्दा यसवर्ष सिजन सकिएपछि पनि भ्रमण गर्न आउने विदेशी पर्यटक बढिरहेको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ । गत वर्ष यहि समयमा दैनिक २/३ जना विदेशी पर्यटकहरु मात्रै भ्रमणका लागि आउने गरेको खुम्बु क्षेत्रमा अहिले दैनिक १२/१४ जनासम्म भित्रिरहेको निकुञ्जको तथ्यांक छ । नेपाल नागरिक उड्ययन प्राधिकरण लुक्लाका प्रमुख द्ववारीका अछामीका अनुसार अहिले दैनिक ३ वटासम्म हवाई उडान हुने गरेको छ भने हेलिकोप्टरहरुले समेत दैनिक २ दर्जन बढी उडान गर्ने गरेको छ । खुम्बुमा वर्षको दुई सिजन वैशाख, जेठ, असार र असोज कार्तिक मंसिरलाई मुख्य पर्यटकीय सिजन मानिन्छ । सिजनमा पर्यटकले भरिभराउ हुने सो क्षेत्रमा सिजन सकिएसँगै चहलपहल कम हुने गर्दछ । तर, यसवर्ष भने सिजन सकिए पनि फाट्टफुट्ट पर्यटकहरु आइरहेको खुम्बु पासाङ ल्हामु गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्