झापा, साउन ३० । ‘मिस यूनिभर्स नेपाल २०२२’ का लागि अन्तिम प्रतिस्पर्धामा २० युवती भिड्ने भएका छन् ।

प्रतियोगिताको निर्देशक नग्मा श्रेष्ठले अगष्टको २५ मा काठमाडौंको याक एन्ड यति होटलमा फाइनल स्पर्धा आयोजना हुने जानकारी दिइन् । उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । यस वर्षको ‘मिस यूनिभर्स नेपाल’ को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्नुको अलवा ७१ औं श्रृङ्खलाको ‘मिस यूनिभर्स’मा समेत भाग लिन पाउनेछन् । यस वर्षको ‘मिस यूनिभर्स नेपाल’ मा विपना अधिकारी, दिक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टी तामाङ, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्