झापा, साउन ३० । अवैध काठसहित ३ वटा मोटरसाईकल दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।

आइतवार राति अन्दाजी ११ बजे दमक ३ बेलडाँगीमा प्र.१–०१–०१५ प.६४१, को.३१ प.८२२२ र मे.९ प.९८४९ नं.को मोटरसाईकलहरुमा सिसौं जातको गोलिया ३ थान अन्दाजी २६.०३ क्यु फिट काठ लोड गरी लाँदै गर्दा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीलाई देख्ना साथ तस्करहरु उक्त नम्बरको मोटरसाइकलहरु र गोलिया छाडी भागेका थिए ।
उक्त काठ बरामद गरी आवश्यक कार्वाहीको लागि सोमवार इलाका वन कार्यालय बेलडाँगी दमकमा बुझाईएको र मोटरसाईकलहरु इलाका प्रहरी कार्यालय दमकमा राखि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।