झापा , साउन ३० । बैंकिङ कसुर मुद्धाका एक फरार प्रतिवादी पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा मेचीनगर १० का ४० वर्षिया टिकामाया भट्टराई रहेकी छन् । उच्च अदालत बिराटनगर इलाम इजलासको २०७९ असार ८ गतेको फैसला बमोजिम बैंकिङ कसुर मुद्धामा उनलाई २ दिन कैद,रु.२ लाख जरिवाना र पीडित राहत कोषमा रु.८ हजार जम्मा गर्नु पर्ने सजाय सुनाइएको थियो ।

फरार रहेका ती प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले शनिवार पक्राउ गरी सोमवार कारागार पठाइएको डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्