झापा, साउन ३० । प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित इलाम चुलाचुली ४ पेल्टिमारीका ३३ वर्षिय सत्यनारायण याख्खा पक्राउ परेका छन् ।

सोमवार साँझ ५.४५ बजे मेचीनगर ६ स्थित इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा याख्खालाई १ग्राम ८००मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो ।

उनलाई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्