झापा , साउन ३१ । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाँचथरमा एक वयस्क पुरुष पक्राउ परेका छन् ।

फिदिम नगरपालिका- ११ फेवदिनका ५६ वर्षीय देवी बुढाथोकीलाई ४ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ गरिएको हो । शनिबार राति बालिकालाई ललाई फकाई गरेर बलात्कार गरेको खुलेपछि आफन्तले सोमबार दिएको उजुरीका आधारमा बुढाथोकी पक्राउ परेका हुन् । प्रहरीले सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्