झापा , साउन ३१ । सिद्धिचरण राजर्मागको कटारी-घुर्मी खण्डअन्तर्गत कटारी नगरपालिका-८ कुरिभन्ज्याङमा मंगलबार टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको छ ।

कटारी बजारबाट सिमेन्ट बोकेर घुर्मीतर्फ जाँदै गरेको बा ४ ख ५६७१ नम्बरको टिपर दुर्घटना हुँदा दुई युवकको मृत्यु भएको हो । दुर्घटनामा परी कटारी नगरपालिका-८ पाखाटोलका ४५ वर्षीय नरबहादुर मगर र ४० वर्षीय मिरचिङकान्छा मगरको मृत्यु भएको प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले बताए । दुर्घटनामा परी कटारी-८ कै ४० वर्षीय चन्द्रबहादुर मगर घाइते भएका छन् । उनको कटारी अस्पतालमा उपचार भइरहेको प्रहरी उपरीक्षक फुयाँलले बताए । सिमेन्ट बोकेर जाँदै गरेको टिपर उकालो चढ्न नसक्दा सडकबाट करिब २ सय मिटर तल खसेर दुर्घटना भएको स्थानीयले बताए । दुर्घटनापछि टिपर चालक कटारी-११ का घु्रव बस्नेत फरार छन् । उनको खोजी भइरहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्