झापा, साउन ३१ । कचनकवल गाउँपालिकाले मंगलवार ४८ जनालाई अपांगता परिचयपत्र वितरण गरेको छ ।

गाउँपालिकाले ‘क’ वर्गको रातो ३ जना ,‘ख ’वर्गको निलो २१ जना ,‘ग’ वर्गको पहेलो १३ र ‘घ ’वर्गको सेतो कार्ड ११ गरी जम्मा ४८ जना अपांगहरूलाई परिचयपत्र वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए । उनीहरुलाई गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले परिचयपत्र प्रदान गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत बस्नेतले अहिलेसम्म रातो ११९ , निलो ४२२ , पहेलो १३७ र सेतो ९८ गरी ७७६ जनाले अपांगता परिचयपत्र पाएको जानकारी दिए । दोस्रो कार्यकालका जनप्रतिनिधि निर्वाचित भएयता पहिलो पटक मंगलवार अपांगता परिचयपत्र वितरण गरिएको हो । अब आगामी आइतवार अरुलाई अपांगता परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले जानकारी दिए ।