झापा, भदौ १ । परिवर्तित समयसँगै विवाह र सम्बन्ध बारे पनि मानिसहरुको सोच परिवर्तन भइरहेको छ ।

आजकालको यो आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यस्तै सोच छ ‘दीया र बाती हम’ की अभिनेत्रीको । टिभी अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी छिन् । कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो सेयर गरेकी छिन् जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उनले उक्त फोटो सेयर गर्दै क्याप्सनमा आफूले आफैँसँग विवाह गरेको पनि जानकारी दिएकी छिन् । उनले लेखेकी छिन्, ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन । म आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’ कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोकी हिस्सा हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्