झापा , भदौ १ । एक साता नबित्दै कन्काई नहरमा पौडी खेल्ने क्रममा डुबेर फेरि एकजनाको मृत्यु भएको छ ।

कन्काई नहरमा पौडी खेल्ने क्रममा शिवसताक्षी १० बस्ने अन्दाजी २४ वर्षिय शिव जोगीको मृत्यु भएको हो ।

बुधवार बिहान ११.४५ बजे शिवसत्ताक्षी १० दोमुखास्थित कन्काई सिचाई आयोजनाको नहरमा शिव जोगी र दुईजना साथीहरुसहित पौडी खेल्न गएका थिए । साथीहरुभन्दा पहिला नहरमा पौडी खेल्न पसेका उनी पानीमा डुवी बेपता भएको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षकको टोली र अस्थाई प्रहरी पोष्ट माइधारबाट प्रहरी टोली खटिएको थियो । खोजतलास गर्ने क्रममा डेढ किलोमिटर दक्षिणमा नहरको जालीमा जोगी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि गत बिहीबार झापा शिवसताक्षी नगरपालिका–९ की ११ वर्षीया एन्जिला सुन्दास र सोही स्थानका १२ वर्षका सिकुम राईको नजिकैको कनकाई नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्