भद्रपुर, भदौ २ । इनरव्हील क्लब अफ भद्रपुरले विपन्न महिला तथा बालबालिकालाई दर खुवाएर तिज पर्व मनाएको छ ।
क्लबका अध्यक्ष कुसुम पराजुली अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा भद्रपुर वडा न. ८ का वडा अध्यक्ष मनोज सुव्वा गौरवको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रत्येक वर्ष भद्रपुर नगरभित्रका महिलाहरुलाई दर खुवाउने कार्यक्रम अनुसार यो पटक ८० भन्दा बढी महिला तथा बालबालिकाहरुलाई दर खुवाइएको अध्यक्ष पराजुलीले बताइन् । कार्यक्रममा क्लबका मेम्बरलगायत वडा सदस्य लक्ष्मी परियारको उपस्थिति रहेको थियो ।




