झापा , भदौ २ । सुनसरीको धरान उपमहानगरपालिका-८ मा हिजो साँझ जिप र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा एकजना घाइते भएका छन् । इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ च १६ ६७ नम्बरको जिप र बिपरित दिशाबाट जाँदै गरेको प्रदेश १-०२-०४८ प ४८३१ नम्बरको मोटरसाइकल हिजो साँझ सवा ५ बजे ठोक्किएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा पछाडि सवार इटहरी उपमहानगरपालिका-११ का ३१ वर्षीय सुरज दाहालको धरान घोपामा उपचारका क्रममा मृत्यु भएको हो । सामान्य घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । जिपसहित चालकलाई ईलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ ।



