बिर्तामोड, भदौ ४ । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाको सातौं जिल्ला अधिवेशन यही भदौ ११ गते बिर्तामोडमा हुने भएको छ ।

आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद झापाले अधिवेशनको तयारीबारे पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनमा झापामा रहेका आदिवासी जनजाति समुदायका २४ वटा जातिबाट दुईजनाका दरले ४८ जना प्रतिनिधि सहभागी हुने जिल्ला अध्यक्ष भरतकुमार श्रेष्ठले बताए ।प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले उद्घाटन गर्ने तय भएको सो कार्यक्रममा १५ वटै पालिकाका प्रमुखहरु ,विभिन्न जातीय सस्थाका प्रतिनिधि ,महासंघका पदाधिकारी ,महासंघका पूर्व जिल्ला अध्यक्षहरु , राजनीतिक पार्टीका जिल्ला प्रमुखहरुलगायतको उपस्थिति रहने श्रेष्ठले जानकारी दिए । पहिचानको ठूलो पर्वको रुपमा लिइएको त्यस अधिवेशनमा सबै जातिले आफ्ना भेषभुषासहित झाँकी र र्याली प्रदर्शन गर्ने कार्यक्रम रहेको समेत उनले बताए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । एकपछि अर्को जातिको पालो आउने गरी नेतृत्व चयन गर्ने विधानमा उल्लेख छ । सो अधिवेशनमा थारु जातिका तर्फबाट पाण्डव चौधरीले जिल्ला अध्यक्षमा उम्मेदवारी दिने बताइएको छ ।कार्यक्रमको संचालन सचिव वीरेन मेचेले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्