बिर्तामोड,भदौ ५ । झापाको गरामनीमा आयोजित दधिकाद खेलमा मनकुमार राजवंशी र सुवास राजवंशी विजयी भएका छन् ।

बाँस चढ्ने प्रतियोगितामा बिर्तामोड ७ का सुवास राजवंशी र नरिवल चढाउने प्रतियोगितामा बिर्तामोड ८ का मनकुमार राजवंशी विजयी भएका हुन् । सुवासले रु ३००५ र मनकुमारले रु ३००० नगद पुरस्कार जितेका छन् । उनीहरुलाई राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा बिर्तामोड ७ का २३ र वडा नं ८ का १६ जना खेलाडीले भाग लिएको आयोजक समितिका निरतलाल राजवंशीले बताए ।
राजवंशी समाज विकास समिति बिर्तामोडको वडा नं ७ , ८ र ९ नं वडा समितिहरुको संयुक्त आयोजनामा दधिकाद प्रतियोगिता गरिएको थियोे । जन्माष्टमी पर्वको भोलिपल्ट मनाइने दधिकादमा नरिवल चढाउने र बाँस चढ्ने प्रतियोगिता हुने गरेको छ ।