झापा , भदौ ५ । झापाको दमक नगरपालिका-४ चिया बगानमा हिजो बेलुकी कारको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् । कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ । पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो । कारसहित चालकलाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।