बिर्तामोड,भदौ ५। एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले सर्वसाधारणको हितलाई मध्यनजर गरी एक्सेल समृद्धि बचत खाता संचालनमा ल्याएको छ ।

यस बचत खातामा बार्षिक ९.०५ प्रतिशत ब्याजदर प्राप्त गर्न सकिने र न्यूनतम रु २ हजारमा खाता खोल्न सकिने बैंकले जनाएको छ । त्यस्तै ब्याज मासिक रुपमा प्राप्त हुनेछ । एक्सेल समृद्घि बचत खाता सबै उमेर समूहका नेपाली नागरिकहरुले खोल्न सक्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

तपाईको स्थानीय साझेदारको नारा लिएको यस बैंकले स्थानीय स्तरमा बचत गर्ने बानी बसाल्नका लागि उच्च प्रतिफल दिन एक्सेल समृद्धि बचत खाताका खातावालाहरुलाई विभिन्न बैंकिङ सुबिधाहरु समेत उपलब्ध गराउने जनाएको छ । जसअन्तर्गत निःशुल्क मोबाइल बैंकिङ, एटिएम कार्ड, चेक बुक,अन्य बैंकको एटीएमबाट रकम निकाल्दा शुल्क मिनाहाका साथै ग्राहकको अनुरोधमा होम बैंकिङको सुविधा पनि उपलब्ध हुनेछ ।

हाल बैकले बैदेशिक विप्रेषणलाई प्रोत्साहन गर्न बार्षिक १०.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट बचत खाता र बार्षिक १३.०५ प्रतिशत व्याज प्राप्त हुने रेमिट मुद्धति खाता समेत संचालन गरिरहेको छ । यसका अतिरिक्त १० वर्षमा ३ गुना तथा १५ वर्षमा ५ गुना हुने मुद्दति निक्षेपहरु पनि संचालनमा रहेका छन् ।
झापा, मोरङ, सुनसरी, इलाम र पाँचथर कार्यक्षेत्र भएको यस बैंकले ४४ वटा शाखामार्फत स्थानीय स्तरमा बैंकिङ सेवा प्रदान गर्र्दै आएको छ । नगदरहित कारोवारलाई प्रोत्साहन गर्न स्मार्ट बैंकिङ,क्युआर कोड पेमेन्ट,आरटीजीएस, कर्पोरेट पेजस्ता सुबिधाहरु समेत उपलब्ध गराउँदै आएको छ । साथै १ नं. प्रदेशभरि सेवा विस्तार गरी प्रादेशिक बैंक बन्नका लागि आवश्यक पुँजी समेत पु¥याई नेपाल राष्ट्र बैंकमा आवेदन गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्