झापा , भदौ ६ । सोलुदुधकुण्ड नगरपालिका-७ गार्मामा भालुको आक्रमणबाट एकजना घाइते भएका छन् ।
आईतबार दिउँसो अन्दाजी ३ बजे बाख्रा चराउने क्रममा घर नजिकै भालुले आक्रमण गर्दा अन्दाजी ४० वर्षीय गोपाल भुजेल घाइते भएका वडा कार्यालयले जनाएको छ । अनुहार, ढाड, तिघ्रालगायतका क्षेत्रमा गहिरो चोट लागेका भुजेलको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको कार्यबाहक वडाध्यक्ष भलाकाजी कार्कीले जानकारी दिए । उनका अनुसार गार्मा स्कुल नजिकैको बारीमा बाख्रा चराउने क्रममा भुजेललाई भालुले आक्रमण गरेको हो । भालुको आतंक बढेसँगै विद्यालय आउने बालबालिकालाई जोखिम बढेको कार्कीले बताए ।