कुमरखोद, भदौ ७ । झापा गाउँपालिका वडा नं २ मा अवस्थित झापा बजारमा महिनौ दिनसम्म थुपारिएको फोहोर नउठाएपछि सोमवार सरसफाई गरिएको छ ।

झापा बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष बरतलाल राजवंशीको अगुवाईमा सरसफाई गरिएको हो । झापा गाउँपालिकाको मुख्य बजारको रुपमा चिनिन्छ झापा बजारलाई । त्यति मात्र नभएर झापाको पुरानो सदरमुकाम हो झापा बजार ।

झापा बजारमा बजार व्ययवस्थापन समिति छ । तर, बजार व्यवस्थापन समिति निष्क्रिय रहेको छ । झापा बजारको केन्द्रविन्दुमा नै बजार सरसफाई गर्ने कर्मचारीले सम्पुर्ण बजारको फोहोर थुपारेर डम्पिङ साईट बनाएका थिए । महिनौ दिनदेखि एकै ठाउँमा थुपारिएको फोहोर व्यवस्थापन नगर्दा फोहोरवाट दुर्गन्ध निस्किएर बजारको वातावरणलाई नै दुर्गन्धित बनाएको थियो । बजारको फोहोरको व्यवस्थापन गर्न बजार व्यवस्थापन समितिलाई जानकारी गराउँदा पनि सुनेर नसुने जस्तै गरेको थियो । उद्योग वाणिज्य सघंका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेशले बजारक्षेत्रभित्र फोहोरको डम्पिङ साईट हुँदा पनि बजार व्यवस्थापन समितिले सरसफाईमा ध्यान नदिएको गुनासो पोखेका थिए । त्यसैगरी बजार व्यवस्थापन समितिका सदस्य विष्णुकुमार गणेशले बजारक्षेत्रभित्रको फोहोरको बारेमा अध्यक्षलाई पटकपटक जानकारी गराउँदा पनि कार्यान्वयन नगरेको गुनासो पोखेका थिए ।

सरसफाई कार्यक्रममा वडा नं २ का अध्यक्ष हिमालकुमार चम्लागाई , ईलाका प्रहरी कार्यालय कुमरखोद , सशस्त्र प्रहरी वल टाँघनडुब्बा विओपी , झापा गाउँपालिका उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनोजकुमार गणेश , बजार व्यवस्थापन समितिका अध्यक्ष विकास अग्रवाल , झापा गाउँपालिका चेम्वर अफ कमर्सका सदस्य केशव खत्री , समाजसेवी सहदेव राजवंशी र व्यापारीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्