झापा , भदौ ७ । झापाको हल्दिवारीबाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा हल्दिबारी ४बस्ने ३५ वर्षिय जेमिल महमद , बिर्तामोड ५ बस्ने २५ वर्षिय अर्जुन राजवंशी र भारत बिहार प्रान्त किसनगञ्ज जिल्ला बस्ने २८ वर्षिय जम्सेद आलम रहेका छन् ।

सोमवार राति ९ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले जेमिल महमद शकास्पद अवस्थामा हिडिरहेकोले शंका लागेर चेकजाँच गर्दा उनको साथबाट ७ ग्राम ९२ मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।

महमदलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा राजवंशी र आलम समेत संलग्न रहेको खुलेपछि उनीहरुलाई समेत मंगलवार १० बजे हल्दिवारी ४ बाट नगद ७९ हजार र मे ६प ५६१९ नम्बरको स्कुटीसहित नियन्त्रणमा लिइएको हो । उनीहरुलाई झापा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्