झापा, भदौ ७ । झापा कचनकवल १ का वडा सदस्य अन्तप्रसाद राजवंशी सवारी दुर्घटनामा परी गंभीर घाइते भएका छन् ।

कचनकवल १ खयरवारीस्थित हुलाकी सडकमा सोमवार मध्यान्ह मोटरसाइकल दुर्घटनामा परी करिव ६० वर्षिय राजवंशी घाइते भएका हुन् ।

उनी सवार प्र १–०–१०–१४प ६६०५ नं. को मोटरसाइकललाई प्र १–०–२–४७प ५४१५ नं.को अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । टाउकोमा गंभीर चोट लागेका वडा सदस्य राजवंशीको भद्रपुरस्थित ओम साई हस्पिटलको आइसियुमा उपचार भइरहेको उनका ज्वाइँ बैजन्त राजवंशीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्