झापा, भदौ ७ । कचनकवल गाउँपालिकाको आयोजनामा संचालित ३ दिने कुकुर बन्ध्याकरण शिविरमा सातवटै वडाहरुबाट २७४ वटा सामुदायिक तथा घरपालुवा कुकुरहरुको बन्ध्याकरण गरिएको छ ।

बन्ध्याकरण गरिएकामध्ये करिब ४० प्रतिशत पोथी र ६० प्रतिशत भाले जातका कुकुर रहेका छन् । बन्ध्याकरण गरी पालिकामा सामुदायिक कुकुर नियन्त्रण गर्ने प्रयास गाउँपालिकाले गरेको हो । यसबाट आम जनसमुदायबाट आउने गरेको जनगुनासो संबोधन हुने अपेक्षा गरिएको छ ।

स्थानीयस्तरमा गाई, बाख्रालगायतका घरपालुवा जनावरहरु टोक्ने तथा मार्ने र रेबिज रोग नियन्त्रण गर्ने कार्यमा सहयोग पुग्ने अपेक्षा गाउँपालिकाले गरेको हो । इटहरीस्थित नेपाल एग्री लाईभस्टक एण्ड रिसर्च सेन्टरको प्राविधिक सहयोगमा सामुदायिक कुकुर बन्ध्याकरण शिविर संचालन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार बस्नेतले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्