झापा, भदौ ८ । राप्रपासम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन झापाको अध्यक्षमा शारदा रिजाल निर्वाचित भएकी छन् ।

हिजो दमकको पशुपति मन्दिर परिसरमा आयोजित प्रजातान्त्रिक महिला संगठनको अधिवेशनबाट वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा सर्वसम्मत निर्वाचित भएकी हुन् । अधिवेशनले ३५ सदस्यीय समिति निर्विरोध चयन गरेको हो । केही दिनमै संगठनले पूर्णता पाउने जनाइएको छ।

कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देन प्रमुख अतिथि रहेका थिए भने महिला संगठन अध्यक्ष अन्जना रावल शाह , केन्द्रीय सदस्य अमर विष्ट, राधा पोख्रेल, दमक नगरप्रमुख राम थापा, जिल्ला अध्यक्ष केशव ओझा, भद्रपुर नगरउप्रमुख राधा कार्की, हल्दिवारी गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मी मैनाली, राप्रपा बिर्तामोड अध्यक्ष रन्जु प्याकुरेललगायतको आतिथ्य रहेको थियो।

कार्यक्रममा गत स्थानीय तहको निर्वाचनमा विजय हासिल गरेका जनप्रतिनिधिहरुलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्