झापा , भदौ ८ । भाद्र १० गते विश्वभरबाट एकसाथ प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रकाश’ लाई विदेशी मल्टिप्लेक्सहरुले अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ।

फिल्मको युएई, ओमान, बहराइन कतारलगायतका देशहरूका अग्रिम बुकिङ खुल्ला भएको हो । नोभा सिनेमाले युएईले मात्र फिल्मका लागि दैनिक १९ शो सम्म उपलब्ध गराएको छ । नोभा नेटवर्क अन्तर्गतका विभिन्न ६ वटा हलहरुमा शुक्रबारदेखि बुधबारसम्मको लागि फिल्मको शो सार्वजनिक भएको हो । यस्तै ओमन र कतारमा पनि नोभा सिनेमाले फिल्मका लासिग उत्तिकै संख्यामा शो उपलब्ध गराएको छ भने बहराइनमा रहेको नोभा सिनेमाले दैनिक दुई शो उपलब्ध गराएको छ । विभिन्न देशका मल्टिप्लेक्सहरुमा नेपाली फिल्मलाई विदेशी फिल्मको बराबरीमा शो प्राप्त गरेको निर्माता महेन्द्र अधिकारीले जनाएका छन् । यस्तै युएइको स्टार सिनेमाले चलचित्र ‘प्रकाश’ का लागि दुई शो दिएको छ भने आबु दुबईको नेशनल सिनेमाले पनि दुई शो दिएको छ । यता भक्स सिनेमाले शुक्रबारदेखि बुधबारसम्म चलचित्र प्रकाशका लागि शो दिएको छ । भक्स सिनेमाले सिटी सेन्टर दैरा र सिटि सेन्टर सिन्दघामा दैनिक दुई-दुई शो उपलब्ध गराएको छ । यस्तै ओस्कर सिनेमाले पनि शुक्रबारबाट बुधबारसम्मका लागि फिल्मको शो सार्वजनिक गरेको छ । निर्माता अधिकारीका अनुसार अमेरिकामा पनि फिल्म ‘प्रकाश’ रेगुलर शो मै प्रदर्शन हुनेछ । त्यहाँका वितरकले दिएको जानकारीअनुसार स्थानीय समयअनुसार मंगलबारसम्म फिल्मको शो सार्वजनिक हुनेछ । अमेरिकामा पनि आधा दर्जन हलमा फिल्म प्रदर्शन हुनेछ । यता अष्ट्रेलियामा विभिन्न शोहरु शोल्ड आउट भइसकेका छन् । केही समय अघिनै अष्ट्रेलियामा फिल्मको अग्रिम बुकिङ खुलेका कारण धेरै शोहरु सोल्डआउट भएका हुन् । विषयवस्तु र लुक्सका कारण विदेशमा ‘प्रकाश’ को चर्को डिमाण्ड छ । दिनेश राउत निर्देशित फिल्मले शिक्षक बन्न एक युवाले गर्ने संघर्षको कथा भनेको छ । मुख्य पात्रका माध्यमबाट बर्गिय विभेदको कुरा पनि उठाइएको छ । फिल्ममा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ । विकास सुवेदीको लेखन रहेको फिल्म राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दिपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ । महेन्द्र अधिकारी निर्माता रहेको फिल्म आर आर फिल्मस्का रोहित कट्टेल र रत्न श्रेष्ठले वितरण गर्दैछन् । फिल्मको आज मिडिया प्रिमियर हुँदैछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्