झापा, भदौ ८ । भारतबाट नेपालतर्फ भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको १३४ के.जि.पाउडर दुध प्रहरीले बरामद गरेको छ ।

बुधवार बिहान ११.३० बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचीनगर वडा नं.८ प्रनिक प्रेट्रोल पम्पमा भारतबाट नेपालतर्फ भन्सार छली अबैध रुपमा ल्याउँदै गरेको अन्दाजी ८० हजार मूल्य बराबरको १३४ के.जि.पाउडर दुध फेला पारेको थियो ।

बरामद पाउडर आवश्यक कार्वाहीको लागि मेची भन्सार कार्यालय काँकरभिट्टामा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्