भद्रपुर , भदौ ९ । रोटरी क्लव अफ भद्रपुरले मेची नदीको पुल छेउमा स्वागत बोर्ड राखेको छ ।

सीमा नाका भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई स्वागत गर्ने उद्धेश्यले सो बोर्डको राखिएको क्लवका पव्लिक इमेज को–अर्डिनेटर नितेश वर्माले बताए । नगरपालिका र राज्यले गर्नुपर्ने काम क्लवले गरेकोमा नगर प्रमुख गणेश पोखरेलले क्लवलाई धन्यवाद दिँदै अन्य सामाजिक कार्यमा समेत नगरले क्लवसंग हातेमालो गर्ने प्रतिवद्धता जनाए ।

वडा अध्यक्ष वन्धु कार्कीले भरखरै मात्र वडाले मेची पुलमा सडक वत्ती जडान गरी सीमा नाकालाई उज्यालोे पार्ने कार्य गरेको भन्दै क्लवले स्वागत बोर्ड स्थापना गरी थप सुन्दरता प्रदान गरेकोमा धन्यवाद दिए ।

स्वागत बोर्ड निर्माणमा करिव ४० हजार रुपैयाँ खर्च भएको क्लवका प्रेसिडेन्ट नोमिनी विनोद चापागाईले जानकारी दिए। कार्यक्रममा रोटरीयनहरु पवन श्रेष्ठ, प्रदिप सरावगी, सुरेश मित्तललगायत सुरक्षाकर्मीहरुको उपस्थिति रहेको पास्ट प्रेसिडेन्ट विगत ओझाले जानकारी दिए । क्लवका अध्यक्ष ईश्वर अधिकारीको अध्यक्षता तथा भद्रपुर नगरका नगर प्रमुख पोखरेलको प्रमुख आतिथ्यमा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्