झापा , भदौ ९ । अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ ।

नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार प्रतिवादीको तर्फबाट स्थगित भएको हो । बुधबार शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासमा परेको थियो । बुधबार फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूणर् विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ । नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ । अब अर्को पेसीमा सुनुवाइ हुने पनि सूचना अधिकारी क्षेत्रीले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्