झापा , भदौ ९ । झापाको भद्रपुर नगरपालिका-५ बाट लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हजो बेलुका ६ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा प्रदेश ३-०२-०१३ प ४७४३ नम्वरको मोटरसाईकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-११ झापाका २४ बर्षीय आकाश गिरीको साथबाट १ ग्राम २२० मिलिग्राम ब्राउनसुगर बरामद गरेको हो । प्रतिबन्धित ब्राउनसुगरसहित पक्राउ परेका गिरीको जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्