झापा , भदौ १० । पाँच ट्वान्टी-२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी-२० खेल खेल्दैछ ।

नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो । खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग-२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो । पहिलो खेलमा बुधबार नेपालले ५ विकेटको सहज जित निकालेको थियो । नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान प्रवेश गर्ने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्