बिर्तामोड, भदौ १० । छठ महिला मञ्च बिर्तामोडले सामूहिक तीजमिलन कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाकी अध्यक्ष हेमलता चौधरीको अध्यक्षता तथा समुन्नत नेपाल झापाकी प्रमुख कोपिला बस्नेतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न नृत्य तथा कविता प्रस्तुत गरिएको थियो । नृत्य प्रस्तुत गर्ने कलाकारहरुलाई प्रोत्साहनस्वरुप विभिन्न उपहार प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि बस्नेत, विशेष अतिथि बिर्तामोड उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष कुमार भट्टराई, छठ सेवा समाजका अध्यक्ष राजकुमार गुप्ता, संगीता रौनियार, साना मझौला साकोसकी अध्यक्ष देविका बस्नेत, महिला मुक्ति अभियानकी अध्यक्ष राधा सुब्बा, महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, पत्रकार लिला अनमोल, लायन गोल्डेन ग्रुपका अध्यक्ष गंगा श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उपाध्यक्ष संगीता साहले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष अनिता गुप्ताले प्रकाश पारेकी थिइन् । महासचिव निशा कर्णले सञ्चालन गरेको कार्यक्रममा पिंकी रौनियारले कविता वाचन गरेकी थिइन् भने छठ महिला मञ्चका सल्लाहकारहरु ,आर्या, सिया ग्रुपमा आवद्ध बालबालिकाहरुले नृत्य प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्