बनियानी, भदौ १० । रोटरी क्लब अफ बिर्तामोड र रोट्रयाक क्लब अफ बिर्तामोडको सहकार्यमा कचनकवल गाउँपालिकालाई करिब ६ लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष ओमकृष्ण बिमलीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीको प्रमुख आतिथ्यमा बनियानी आधारभूत स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा इसिजि मेसिन तथा अन्य मेडिकल सामग्री हस्तान्तरण गरिएको हो ।

कचनकवल गाउँपालिकाअन्तरगत रहेका बनियानी उपस्वास्थ्य चौकी ,घेराबारी उपस्वास्थ्य चौकी र केचना उपस्वास्थ्य चौकीलाई एक–एक थान इसिजि मेसिन र मेडिकल सामग्री टेरी मिकेस्का फाउन्डेसनमार्फत सहयोग उपलब्ध गराईएको रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष बिमलीले बताए । इसिजि मेसिन तथा स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा टेरी मिकेस्का फाउन्डेसनका संस्थापक टेरी मिकेस्काको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई प्रमुख अतिथि गाउँपालिका अध्यक्ष राजवंशी , कार्यक्रमका अध्यक्ष रोटरी क्लब अफ बिर्तामोडका अध्यक्ष बिमली , टेरी मिकेस्का फाउन्डेसनका संस्थापक टेरी मिकेस्का, एजि राधिका गुरुङ , डा. लक्ष्मी मैनाली ,डा. सन्तोषकुमार गणेशले मन्तव्य राखेका थिए ।सुनिल थापाले स्वागत गरेको कार्यक्रमको सहजीकरण प्रज्वल बिमलीले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्