झापा, भदौ ११ । जंगली हात्तीको आक्रमणमा परी हल्दिवारी २ मा दुईजना घाइते भएका छन्।

आज विहान करिव ४ः३० बजेको समयमा मर्निङ वाकमा निस्केको अवस्थामा हात्तीसंग जम्काभेट हुन पुग्दा फर्सी राजवंशी र उनका छोरा घाइते भएको २ नं वडाध्यक्ष सुकलाल राजवंशीले जानकारी दिएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको हल्दिवारी प्रहरी चौकी इन्चार्ज पर्शुराम राउतले जानकारी दिएका छन्।

रातको समयमा ४ वटाको संख्यामा आएका हात्तीले एउटा पसलमा पनि क्षति पुर्याएको बताइएको छ । हल्दिवारीमा पछिल्लो समयमा हात्तीको जोखिम बढ्दै गएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्