बिर्तामोड , भदौ ११ । शिखर बचत तथा ऋण सहकारी संस्थाले नजिकिदै गरेको चाडपर्वलाई लक्षित गरी बालबालिकालाई खुत्रुके वितरण गरेको छ ।

बिर्तामोड ४ स्थित आगमन सदभाव टोलका बालक्लवका ५५ जना बालबालिकालाई शिखर साकोसले खुत्रुके वितरण गरेको हो । संस्थाले बचत गर्ने बानीको विकास गर्दै फजुल खर्च कटौती गरी खुत्रुकेमा बचत गर्न अनुरोधसमेत गरेको छ ।

चाडपर्वमा बालबालिकासंग पैसा हुने र त्यसलाई फजुल खर्च हुनबाट रोक्न बालबालिकालाई खुत्रुके उपलव्ध गराउँदा बचत गर्ने बानीको विकास हुने संस्थाका अध्यक्ष दिपेन्द्र राउतको भनाई छ । सिड मनि नगद एक सय रुपैयाँ खुत्रुकेमा हालेर संस्थाले बालबालिकालाई बचत किन गर्ने ? बचत केका लागि गर्ने ? र बचत कसरी गर्ने ? विषयमा संस्थाले ज्ञान दिएको व्यवस्थापक लिलानाथ रेग्मीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्