कुमरखोद भदौ ११ । झापा गाउँपालिका वडा नं १ बाट स्रोत नखुलेको भन्दै प्रहरीले घरभित्र छिरेर जग्गाको रकम लिएर गएको परिवारले जनाएकोे छ ।

सीमानजिकै झापा गाउँपालिकाको लसुना घर भएका तेजबहादुर गणेशको घरबाट शुक्रवार विहान ११ः ४५ बजेतिर १३ लाख ६० हजार रुपैयाँ प्रहरीले घरभित्रै प्रवेश गरी जग्गाको रकम लिएर गएको परिवारको गुनासो हो ।

छोराको भनाई
‘तेजबहादुर गणेशका जेठा छोरा राजेशको भनाई यस्तो छ ‘ हामीले ट्रयाक्टर किन्नका लागि राखेको रकम प्रहरीले एक्कासी घरमा प्रवेश गरी खोजतलास गरेर लिएर गएको हो । बुवाआमा खेतमा काम गर्दै हुनुहुन्थ्यो भने म कामको सिलसिलामा झापा बजार आएको थिएँ । घरमा मेरो सानो भाइ अमित गण्ोश , बहिनी अन्जु र मेरी श्रीमती चन्द्रकला मात्रै थिए । त्यही समयमा प्रहरीले घरमा छापा मारेको थियो । प्रहरीले घरमा छापा मारिरहँदा होहल्ला भएपछि छिमेकीहरु भेला भएका थिए । त्यसपछि बुवाआमा आए र बुवालाई काम गरेर आएको अवस्थामा नै प्रहरीले नियन्त्रण लिएर ईलाका प्रहरी कार्यालय लगेको थियो । हामीहरुले दुःखले पाई पाई जोहो गरेर राखेको रकम प्रहरीले अवैध भनेर लिएर गयो । हामीहरुले ट्रयाक्टर किन्नको लागि पैसा जोहो गरेर राखेका थियौं । ट्रयाक्टर किन्ने पैसा अपुग भएपछि घरपरिवारमा सल्लाह गरेर आफ्नो जग्गा बचेर भएपनि ट्रयाक्टर किन्ने सल्लाह भयो र त्यसैअनुरुप हामीले यही स्थानीय ठाउँको दुई व्यक्तिबाट जग्गा बैनावापत १३ लाख रुपैयाँ लिएका थियौ । कुमार गणेशसँग ५ लाख र अर्को व्यक्ति मनोज खत्रीसँग ८ लाख रुपैयाँ लिएका थियौं । हामीहरुले कर्णाली सहकारी संस्थाबाट १० लाख ऋण लिएका थियौ । जग्गा बेचेर ऋण पनि तिर्ने र बाँकी रहेको पैसाले ट्रयाक्टर किन्ने सोच बनाएका थियौ । हाम्रो सोच सपनामा नै सीमित रहयो ।’

उनको परिवारको एउटै भनाई छ – हामीले उचित न्याय पाउनु पर्यो । आफूहरुजस्ता सोझासाझा सर्वसाधारण व्यक्तिको घरमा प्रहरीले छापा मारेर पैसा लिएर जानु अन्याय भएको उनीहरुले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्