झापा , भदौ १२ । आज बिहान झापाको गौरादहस्थित एक फर्निचर उद्योगमा आगलागी भएको छ ।

बिहान ३.३० बजे गौरादह १ बस्ने मुनिलाल शर्माले संचालन गरेको गौरादह बजारस्थित गौरादह पायल फर्निचर उद्योगमा आगलागी भएको हो ।

अचानक विद्युत सर्ट भई आगलागी हुँदा बास र टिनको छानो भएको टहरामा रहेको फर्निचर उद्योग पूर्ण रुपमा जलेर नष्ट भएको छ । उक्त टहराभित्र रहेको मेसिन, काठ र फर्निचर जल्दा अन्दाजी १५ लाख मूल्य बराबरको क्षति भएको जनाइएको छ । उक्त आगो प्रहरी, स्थानीयवासी, गौरादह, दमक र कमलको दमकलको सहयोगमा बिहान ४.५० बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्