झापा,भदौ १२। झापाको अर्जुनधारा नगरपालिका–४ दहीझोडा निवासी नेपाली कांग्रेसका कार्यकर्ता सोम कुइँकेलको निधन भएको छ ।

अर्जुनधारा–४ मा ३२ वर्षपछि एमालेको किल्ला भत्काउन सफल भएर छुट्टै छवि बनाएका कुइँकेलको आइतबार ६४ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयसम्म क्रियाशील सदस्यको रुपमा रहेर कांग्रेसको राजनीतिमा अरुलाई जिताउन तल्लीन थिए ।

उनको निधनले सिंगो पार्टीलाई अपूरणीय क्षति पुगेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।
कुइँकेलको निधनसँगै पार्टी सचिव हुमागाईसहित क्षेत्रीय सभापति खगेन्द्र मैनाली, प्रदेश ‘ख’ सभापति किरण श्रेष्ठ, अर्जुनधारा नगर सभापति हेमराज खरेल र अर्जुनधारा–४ का पार्टी सभापति खेम काफ्लेले उनकै निवासमा पार्टीको चारतारे झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् । उनको आइतवार कनकाई माईमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जनाएको छ । कुइँकेलका श्रीमती ओमकला कुइँकेलसहित दुई छोरा प्रेम र युवराज, तीन जना छोरी तुलसा , यमुना र जुली रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्