भद्रपुर, भदौ १४ । मेची नदीले बगाएर बेपत्ता भएका युवकको शव भेटिएको छ।

हिजो दिउँसो बेपत्ता भएका भद्रपुर नगरपालिका–३ रंगिलाचोक निवासी भुपाल भुजेलका १९ वर्षीय छोरा सामुएल भुजेलको शव आज बिहान पृथ्वीनगर क्षेत्रमा भेटिएकोे जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी बसन्त पाठकले बताए । शव भेटिएपछि परिवारलाई खबर गरिएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार हिजो दिउँसो साढे ४ बजे भद्रपुर–५ स्थित नर्सिङ बगान नजिकैबाट मेची नदी पौडिएर भारत जान खोज्दा सामुएललाई नदीले बगाएको हो। सामुएलसँगै उनका साथी पनि थिए। दुवै जना नदीमा पौडी खेलेर भारततर्फ जान लाग्दा एक जनालाई बगाएर बेपत्ता बनाएको डीएसपी पाठकको भनाइ छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्