पथरी, भदौ १४ । नेपाली कांग्रेस मोरङको निर्वाचन क्षेत्र नं. ३ ‘क’ले प्रदेश १ का लागि ४ जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

बुधवार बसेको पार्टीको बैठकले प्रदेश नं– १ का वन वातावरण तथा भूसंरक्षण मन्त्री शेखरचन्द्र थापा, कांग्रेसका प्रदेश १ का प्रमुख सचेतक सूर्यमाराज राई, पूर्व महाधिवेशन प्रतिनिधि पर्शु कार्की र पूर्व जिल्ला सदस्य सुशील राईलाई सिफारिस गरेको हो ।

पार्टी स्रोतका अनुसार उम्मेदवारको आकांक्षीमा १६ जना रहेका थिए। तर, आन्तरिक सहमति भएपछि ४ जनाको नाम सिफारिस भएको हो ।सिफारिस भएकामध्यें सुशील राईको चर्चा भने चौतर्फी बढेको छ ।
यसैगरी, नेपाली काग्रेस मोरङ क्षेत्र न. ३ को क्षेत्रीय कार्यसमितिले मोरङ क्षेत्र नं. ३ का लागि सुनिल शर्मालाई आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्